विषयः आवेदन फाराम स्वीकृति र परीक्षा केन्द्र सम्बन्धमा ।
आयुर्वेद चिकित्सा परिषद् नेपालको २०८२ सालको प्रथम लाइसेन्सिङ परीक्षाको लागि मिति २०८२/०५/११ र २०८२/०६/२६ का राष्ट्रिय दैनिकमा प्रकाशित सूचनाअनुसार अनलाइन मार्फत पेश गरिएका आवेदन फाराम स्वीकृत भएका उम्मेदवारहरूको नामावली तथा लिखित परीक्षाको मिति, समय र परीक्षा केन्द्रको विवरण सबैलाई जानकारी गराउन यो सूचना प्रकाशन गरिएको छ। साथै परीक्षार्थीले पालना गर्नुपर्ने नियमहरू द्रष्टव्यमा उल्लेख गरिएका छन् ।
देहाय बिवरणः-
परीक्षा मितिः २०८२र०७र१३ गते (बिहीबार),
समयः दिउँसो १२:३० बजे देखि,
परीक्षा केन्द्रः आई.सी.टी. भवन, आई.ओ.ई., पुल्चोक, ललितपुर ।
संयोजक, लाईसेन्सिङ परीक्षा समिति