लाईसेन्सिंङ्ग परिक्षा सम्बन्धी सूचना !!

आयुर्वेद चिकित्सा परिषद् –नेपालको लाइसेन्सिङ् परीक्षासम्बन्धी सूचना
आयुर्वेद स्नातक (बी.ए.एम्‌.एस्‌.) उत्तीर्ण गरी ६ महिना इन्टर्नशीप पूरा गरेका आवेदकहरूको आयुर्वेद चिकित्सा परिषद्– नेपालमा स्थायी नाम दर्तासम्बन्धी लाइसेन्सिङ् परीक्षा मिति २०८२।१२।३० गते सोमबार संचालन गरिने हुँदा यहि मिति २०८२।१२।०५ गतेदेखि २०८२।१२।१९ गतेसम्म नियमित शुल्क र २०८२।१२।२० गतेदेखि २०८२।१२।२८ गतेसम्म बिलम्ब शुल्क तिरी https://exam.namc.gov.np मा गई अनलाइन फारम भर्न सकिने व्यहोरा सम्बन्धित सबैमा सूचीत गरिन्छ । नेपाल बाहिरवाट द्यब्ःक् अध्ययन गरी आएका व्यक्तिहरूको हकमा भने १ वर्ष इन्टर्नशीप पुरा गरेपश्चात् मात्र परीक्षाको लागि आवेदन दिन सकिने व्यहोरा जानकारी गराइन्छ ।
अन्य विस्तृत जानकारीको लागि यस परिषद्को कार्यालयमा सम्पर्क राख्नुहोला ।
आयुर्वेद चिकित्सा परिषद्–नेपाल, नरदेवी, काठमाण्डौं, फोन नं. ०१–५३५९६७८